
काठमाडौं । नेकपा एमालको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान साढे ११ बजे बस्ने भएको हो ।
बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
एमालेले वैशाख ११ गते लोकतन्त्र दिवसको अवसर पारेर युवा दिवस मनाउँदैछ । यसबारे पनि बैठकमा छलफल हुने जनाइएको छ ।














