
काठमाडौं । गएरातिदेखि परेको अविरल वर्षाका कारण हुम्लाको अदानचुली गाउँपालिकास्थित श्रीनगर बजार क्षेत्रमा बाढी पसेको छ ।
बिहीबार बिहान बाढी पस्दा श्रीनगर बजार क्षेत्रमा व्यवसायका लागि बनाइएका अस्थाइ टहरासहितका ११ घर र १ पसलमा राखिएका सामान र बाख्रासहितको खोर बगाएको छ ।
वर्षासँगै आएको बाढीसहितको लेदोले अदानचुली गाउँपालिका–२ का अमृत बुढा, अदानचुली गाउँपालिका–१ का बुद्धि महतारा लगायत व्यवसायीका पसलमा क्षती पु¥याएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
बुढा र महाताराका घर सँगै रहेका अन्य घर तथा टहरामा पनि बाढी पसेर क्षति पुगेको छ भने हुम्ला क्षेत्रका सडकहरु अवरुद्ध भएका छन् । बाढीले गरेको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।











