Logo
Logo

विकास बैंकहहरुको नाफा बढ्यो 


441
Shares

काठमाडौं । विकास बैङ्कहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ३ अर्ब ५३ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएका ८ वटा राष्ट्रियस्तरका विकास बैङ्कहरूले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३ अर्ब ६९ करोड २७ लाख रुपैयाँ यस्तो नाफा कमाएका छन् । समीक्षा अवधिमा यी बैङ्कहरूको खुद नाफा ४.३५ प्रतिशत बढेको हो ।

८ राष्ट्रियस्तरका विकास बैङ्कहरूमध्ये गरिमा विकास बैङ्कले सबैभन्दा बढी नाफा कमाउने बैङ्कको सूचिमा रहेको छ । चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा सो बैङ्कले ७३ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.३२ प्रतिशत बढी हो ।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा रकमका आधारमा शीर्ष स्थानमा रहेको मुक्तिनाथ विकास बैङ्कले भने चालु आर्थिक वर्षको सोही अवधिसम्म ७२ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ । बैङ्कको खुद नाफा समीक्षा अवधिमा १६.८६ प्रतिशत घटेको हो ।

चैत मसान्तसम्ममा सबैभन्दा कम नाफा कमाउने राष्ट्रियस्तरको विकास बैङ्क भने लुम्बिनी विकास बैङ्क रहेको छ । यस बैङ्कले सो अवधिसम्ममा ४ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

समीक्षा अवधिमा ज्योति विकास बैङ्कको नाफा सबैभन्दा बढी बढेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १५ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको बैङ्कले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १०१.१४ प्रतिशत बढेर ३० करोड ६६ लाख रुपैयाँ पुगेको छ ।

राष्ट्रियस्तरका विकास बैङ्कहरूमध्ये ३ विकास बैङ्कको खुद नाफा समीक्षा अवधिमा घटेको छ । जसमध्ये लुम्बिनी विकास बैङ्कको खुद नाफा सर्वाधिक ८५.४५ प्रतिशत घटेको छ ।

प्रतिक्रिया दिनुहोस्