Logo
Logo

असक्षम व्यवस्थापन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ साउन । नेपाली कांग्रेसको सरकारले विगतमा कौडीको मूल्यमा चिनियाँ कलकारखाना बेचेर खाएको आरोप लगाउने कम्युनिष्टहरुले आफ्नै शासनकालमा चीनबाट ल्याइएका छ वटा हवाईजहाज साउन १५ गतेदेखि ‘ग्राउण्डेड’ गर्ने भएका छन् । निगमले आन्तरिक उडानका लागि सन् २०१५ मा चीनको एभिएसन इन्डस्ट्रिज कर्पोरेशनबाट खरिद गरिएका छ वटा जहाजमध्ये दुईवटा अनुदानमा दिइएको थियो । चीनबाट पाँच वर्ष अगाडि ल्याइएको ‘ब्राण्ड न्यू’ जहाज उडाउँदै नउडाइ ‘ग्राउण्डेड’ गर्ने निर्णयले चिनियाँ जहाजको अन्तर्राष्ट्रियस्तरमा विश्वनियता गुमेको छ । यस घटनाले अन्तर्राष्ट्रिय बजारमा चिनियाँ जहाजको बजार खस्कने छ ।

निगमले उक्त चिनियाँ जहाज ग्राउण्डेड गर्ने निर्णयसहित अब उक्त जहाजको सट्टा आन्तरिक उडानको लागि एटिआर जहाज किन्ने तयारी गरेको छ । चिनियाँ जहाज ग्राउण्डेड गरेको खबरले अन्तर्राष्ट्रिय बजारमा चिनियाँ जहाजको गुणस्तर कमजोर भएको गलत सन्देश जानेछ । किनभने, निगमसँग भएको एमए–६०, वाइ–१२ जहाजले चीनका प्रमुख शहरहरुमा अहिले पनि आन्तरिक उडान गरिरहेका छन् । चीनमा आन्तरिक उडान गरिरहेका जहाज नेपालमा काम लाग्दैन भन्ने हुँदैन । तर, राम्रोसँग सञ्चालन नै नगरी जहाज ग्राउण्डेड गर्ने निर्णयले चिनियाँहरुको चित्त दुख्न सक्छ ।

निगमका कर्मचारीहरुका अनुसार सुरुदेखि नै चिनियाँ जहाज सञ्चालन गर्न व्यवस्थापनले आनाकानी गर्दै आएको थियो । यसका पछाडि निजी एयरलाइन्स कम्पनीहरुको स्वार्थ गाँसिएको छ । त्यसमाथि निगम व्यवस्थापनमा मदन खरेलजस्ता भ्रष्ट व्यक्तिको नियुक्तिले निगम थप संकटमा प¥यो । खरेलले राजीनामा दिएर भागेपछि पूर्वसचिव सुशील घिमिरे कार्यकारी अध्यक्ष भएर आएका छन् । निगम सुधार समितिका संयोजक रहेका घिमिरे कार्यकारी अध्यक्ष नियुक्त भएपछि निगमको व्यवस्थापन चुस्त दुरुस्त हुनुपर्नेमा उल्टै जहाज ग्राउण्डेड गरेर उनले आफ्नो अक्षमता देखाएका छन् ।

नेपालको आन्तरिक उडानमा निगमले ठूलो भूमिका खेलेको थियो । खासगरी दुर्गम पहाडी जिल्लामा निगमले राम्रो सेवा प्रदान गर्दै आएको थियो । यदि यी छ वटा चिनियाँ जहाजलाई सञ्चालनमा ल्याउन सकेको भए आन्तरिक उडानबाट पनि निगमले सेवा पु¥याउन सक्थ्यो । खराब जहाज होइन, खराब व्यवस्थापन हो । व्यवस्थापनले सञ्चालन गर्न चाहेको भए चिनियाँ जहाज त्यत्तिकै थन्किने थिएन । यस घटनाले चिनियाँहरु दुःखी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्