Logo
Logo

प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल : इरानको टोलीँग एपिएफ पराजित


252
Shares

काठमाडौं । प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा इरानको भलिबल टोली विजयी भएको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा इरानको टिमले सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३-१ को सेटमा हराएको हो । पहिलो सेट २५-२० जितेको हो ।

एक सेट गुमाएपछि एपिएफ र इरानी टिमबीच अत्यन्त प्रतिस्पर्धात्मक बन्यो । एपिएफले कडा चुनौती पनि दियो । २९-२९ को बराबरीपछि लगातार दुई स्कोर जोड्दै एपिएफले ३१-२९ दोस्रो सेट जित्यो ।  

यसपछि तेस्रो सेट इरानी टिमले २५-२३ ले जित्यो । २-१ को अग्रता बनाएको इरानी टोलीले २५-१९ ले जित्दै एपिएफलाई हराउन सफल रह्यो‌ ।

लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा सुरु भएको प्रतियोगिताका उद्घाटन आज पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरेका थिए।

प्रतियोगितामा ६ टोलीको सहभागी छन् । समूह ‘ए’ मा इरानी टोली, एपीएफ र गण्डकी प्रदेश छन् । समूह ‘बी’ मा भारतीय टोली, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन् । दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् । 

प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४ सय ४४ र दोस्रो टोलीले २ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४ सय ४४ र विधागत तर्फ उत्कृष्ट हुनेहरूलाई ८ हजार ४ सय ४४ रुपैयाँ प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्