Logo
Logo

रञ्जन कोइरालालाई लिन कार लिएर जेल पुगिन् प्रेमिका


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ साउन ।
श्रीमती हत्या अभियोगमा जेल परेका सशस्त्र प्रहरी बलका पूर्व डिआईजी रञ्जन कोइराला छुटेका छन् । बिहीबार उनी डिल्लीबजार कारागारबाट छुटेका हन् ।


छुटेपछि कोइराला हात हल्लाउँदै कारागारबाट निस्किए । उनलाई लिन प्रेमिका तारा रेग्मी गाडी लिएर गएकी थिइन् । त्यही मुद्दा तारा पनि एक वर्ष जेल बसेर छुटेकी थिइन् । मिडिया देखेपछि तारा छुट्ने समयमा गाडीबाट निस्किएर सडकसम्म आइन् । सडकसम्म जेलकै कैदीले गाडी चलाएर ल्याइदिएका थिए । त्यहाँबाट ताराले आफैं गाडी चलाएर रञ्जनलाई घर लगिन् ।
कोइरालालाई जिल्ला र पुनरावेदन अदालतले उनलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएकोमा सर्वाेच्चले गत १५ असारमा कैद घटाइदिएपछि उनी छुटेका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले उनी साढे आठ वर्ष जेल बसे पुग्ने फैसला गरेको हो । सर्वस्वसहित जन्मकैद अर्थात् २० वर्ष कैद र उनको भागको सम्पत्तिमा दुुई छोराबाहेक उनको हिस्सा सरकारले लिनेगरी जिल्ला र तत्कालीन पुनरावेदन तहमा फैसला भएको थियो ।

प्रतिक्रिया दिनुहोस्