Logo
Logo

गण्डकीलाई हराउँदै एपिएफ सेमिफाइनलमा


441
Shares

काठमाडौं ।  विभागीय टोली एपिएफ क्लब प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा सेमिफाइनलमा पुगेको छ ।  एपिएफको जितसँगै समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शनिवार भएको पहिलो खेलमा गण्डकी प्रदेशलाई ३–२ को सेटमा पराजित गर्दै एपिएफले सेमिफाइनलमा पुगेको हो ।

प्रतिस्पर्धात्मक खेलमा जितसँगै एपिएफले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । पहिलो सेट १९–२५ ले गुमाएको एपिएफले दोस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको थियो । 

यस्तै, तेस्रो सेट २३–२५ ले गुमाएको एपिएफले चौथो र पाँचौँ सेटमा पुनरागमन जित निकाल्दै सेमिफाइनल पुगेको हो । तीन अङ्कले पछि परेको अवस्थामा एपिएफले चौथो सेटमा लगातार १२ अङ्क लिँदै २५–१४ ले जित निकाल्दा खेल पाँचौँ सेटमा धकेलिएको थियो । 

पाँचौँ सेटमा सुरुआतबाटै अग्रता बनाएको एपिएफले १५–११ ले जित दर्ता गरेको हो। पराजयसँगै गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएपछि घरेलु दर्शलाई निराश पारेको छ । एपिएफ पहिलो खेलमा इरानसँग पराजित भएको थियो। पहिलो खेलमा इरानसँगै गण्डकी पराजित भएको थियो । 

प्रतियोगितामा समूह ‘ए’ बाट इरानी टोली विजेता र एपिएफ उपविजेताको रूपमा अन्तिम चारमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्