Logo
Logo

सात बुँदे सम्झौताको कार्यान्वयनमा सरकार असफल : शेखर कोइराला


1.4k
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेकपा एमालेसँग भएको सात बुँदे सम्झौताको कार्यान्वयनमा सरकार असफल भएको आरोप लगाएका छन् ।

सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै कोइरालाले सरकार संविधान पुनरावलोकन, आर्थिक सुधार, भ्रष्टाचार नियन्त्रण, दण्डहीनताको अन्त्य र सुशासन जस्ता महत्त्वपूर्ण बुँदामा चुकेको बताएका हुन् । 

‘सात बुँदे सम्झौतामा आधारित भएर यो सरकार बनेको हो,’ कोइरालाले भने, ‘तर ती बुँदाको कार्यान्वयनमा सरकार असफल देखिएको छ।’

उनले संविधान पुनरावलोकनको विषयमा संसद्भित्र रहेका सबै दलको प्रतिनिधित्व रहने गरी सरोकारवालालाई समावेश गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

यद्यपि, डा। कोइरालाले सरकार सञ्चालनबारे नेपाली कांग्रेसभित्र कुनै समस्या नरहेको स्पष्ट पारे । ‘हाम्रो पार्टीभित्र समस्या छैन, त्यो भ्रम एमाले वा मिडियामा फैलिएको हो,’ उनले भने, ‘यो सरकारलाई असफल हुने छुट छैन ।’

त्यस्तै, कोइरालाले सरकारमा सहभागी दलहरूले पालिका तहसम्म संयन्त्र बनाउने निर्णयलाई पनि आलोचना गरे । ‘बाहिर संयन्त्र बनाउने होइन, सरकारभित्रै संयन्त्र बनाउनु पर्छ,’ उनले भने, ‘पालिकास्तरसम्म संयन्त्र बनाउने निर्णय गलत छ भन्ने मेरो स्पष्ट धारणा छ ।’

प्रतिक्रिया दिनुहोस्