Logo
Logo

आईपीएलमा आज दिल्ली र हैदराबाद भिड्दै


567
Shares

काठमाडौं, । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ अन्तर्गत आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच महत्त्वपूर्ण प्रतिस्पर्धा हुने भएको छ। खेल हैदराबादको राजीव गान्धी इन्टरनेशनल क्रिकेट स्टेडियममा साँझ ७:३० बजे सुरु हुनेछ ।

दुवै टोलीका लागि यो खेल प्लेअफ समीकरणमा महत्त्वपूर्ण मानिएको छ। दिल्ली क्यापिटल्स हाल अङ्क तालिकाको पाँचौँ स्थानमा रहेको छ । उसले खेलेका १० खेलमध्ये ५ जित्दै १० अङ्क जोडेको छ । अघिल्लो खेलमा दिल्लीले शानदार जित दर्ता गर्दै आत्मविश्वास बढाएको छ ।

सनराइजर्स हैदराबाद भने अङ्क तालिकाको नवौँ स्थानमा रहेको छ । हैदराबादले १० खेलमध्ये केवल ३ खेलमा जित हासिल गर्न सकेको छ, जसका कारण उसमाथि दबाब बढेको छ ।

यी दुई टोलीबीच अहिलेसम्म २५ खेल भएका छन् । दुवै टिमले १२–१२ खेल जितेका छन् भने १ खेल निष्कर्षविहीन भएको छ । आजको खेलले इतिहासमा एक टिमलाई अग्रता दिलाउनेछ ।

प्रतिक्रिया दिनुहोस्