Logo
Logo

थामियो बजारको उकालो यात्रा


504
Shares

काठमाडौं । सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार १२.६० अङ्कले ओरालो लागेको छ । बजार आज ओरालो लागेसँगै २,६६१.०८ को विन्दुमा पुगेको छ ।

आज नेप्से ओरालो लागे पनि कारोबार रकममा भने सुधार आएको छ । बिहीबार कारोबार रकम ११.६५ अर्ब पुगेको छ ।  
बजारमा ९६ वटा कम्पनीको सेयर बढेको छ । १५० वटा कम्पनीको सेयर मूल्यमा भने गिरावट आएको छ । आजको धेरै लगानीकर्ताहरूले नाफा बुकिङ गरेका छन् । 

धेरै स्टकहरूले दैनिक सकारात्मक सर्किटमा १०५ वृद्धि हासिल गरे । फाइनान्स समूह आज पनि ४ प्रतिशत भन्दा धेरैले बढेको देखिन्छ । आन ६ वटा समूहको परिसूचक बढ्दा ७ वटाको बढेको देखिन्छ । 

बजारमा गिरावटका बाबजुद आज ४ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो इन्स्योरेन्स, छ्याङ्दी हाइड्रोपावर र ओम मेगाश्री फर्मास्युटिकल्समा सकारात्मक सर्किट लागेको हो । बजारमा आज ङादी ग्रुप पावरको शेयर सर्वाधिक कारोबार भयो ।

प्रतिक्रिया दिनुहोस्