Logo
Logo

त्रिचन्द्र क्याम्पसका विद्यार्थीले ‘मानसिक स्वास्थ्य मेला’ आयोजना गर्दै


3.3k
Shares

काठमाडौं । काठमाडौंस्थित त्रिचन्द्र क्याम्पसका विद्यार्थीले ‘मानसिक स्वास्थ्य मेला’ आयोजना गर्ने भएको छ । क्याम्पसका परामर्श मनोविज्ञानमा डिप्लोमा स्नातकोत्तर २१औँ ब्याचका प्रथम सेमेस्टरका विद्यार्थीले ‘मानसिक स्वास्थ्यमार्फत कल्याणको बाटो पत्ता लगाउनुहोस्’ भन्ने नारासहित मेला आयोजना गर्न लागेका हुन् ।

यही बैशाख २८ गते अर्थात भोलि आइतबार त्रिचन्द्र क्याम्पसको प्रांगणमा लाग्ने मेलामा मानसिक स्वास्थ्य सम्बन्धित विषयका स्टलहरु पनि रहने जनाइएको छ । आयोजकका अनुसार आर्ट थेरापी, डी–एडिक्सन, बुथ, इनरजाइज बुथ, वेलनेस प्रोग्राम, साइकोलोजिकल अवेयरनेस (न्युरो साइन्स) जस्ता स्टलहरु रहने छन् ।

पछिल्लो समयमा मानिसहरु एक्लिरहेका अवस्थामा यस्ता कार्यक्रम सापेक्षित हुने आयोजको विश्वास छ । हिजोसम्म साथीसंगी, आफन्त, अग्रजसँगको आत्मीय सम्बन्ध अहिले स्मार्ट फोनले गर्दा टुट्दैै छ । जसले मानिसबीच सद्भाव, सम्मान र सम्बन्धहरु पनि छुट्दै गएको अवस्था छ ।

हिजोआज हामी एक्लै रमाउन थालेका छौँ । यस्तो कृत्रिम दुनियाँभित्र मन र मस्तिष्कमा लागेको घाउहरु भर्न गाह्रो हुन्छ किनकि कुरा गर्ने साथ र परिवारबीचको सामिप्यता नै हराउँदै गएको छ । जसले मानसिक रोगीहरु पनि बढिरहेका छन् । यसैलाई मध्येनजर गर्दै मानसिक स्वास्थ्य मेला आयोजना गर्न लागिएको विद्यार्थीहरुले बताएका छन् ।

-तारा तामाङ ‘सुनखरी’बाट

प्रतिक्रिया दिनुहोस्