Logo
Logo

नेपाल एक खेलअगावै सेमिफाइनलमा


1.1k
Shares

काठमाडौं । नेपालले साफ यू–१९ च्याम्पियनसिपमा शानदार प्रदर्शन गर्दै एक खेल बाँकी छँदै सेमिफाइनलमा स्थान बनाएको छ । भारतको युपीस्थित गोल्डेन जुब्ली स्टेडियममा आइतबार भएको खेलमा नेपालले श्रीलङ्कालाई ५–० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

नेपालको जितमा सुजन डङ्गोल, धर्वेन्द्र कुँवर, सुवास बम, विज्ञान खड्का र लछु थापाले गोल गरे । समूह ‘बी’ मा नेपाल र भारतले समान तीन–तीन अङ्क जुटाएका छन् । तर गोलअन्तरका आधारमा भारत शीर्ष स्थानमा रहेको छ । यसै समूहमा लगातार दुई खेलमा हार बेहोरेको श्रीलङ्का अङ्कविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

यो जितसँगै भारत पनि सेमिफाइनलमा प्रवेश गरिसकेको छ । पहिलो खेलमा भारतले श्रीलङ्कालाई ८–० ले हराएको थियो । अब मङ्गलवार नेपाल र भारतबीचको खेलले समूह विजेताको टुङ्गो लगाउनेछ । अर्को समूहबाट बङ्गलादेशले भुटानलाई ३–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाइसकेको छ ।

।पहिलो हाफको अतिरिक्त समयमा सुजन डङ्गोलले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।  डिबक्सभित्र लछु थापाको सहायता पाएका उनले सहज फिनिसिङ गरे । ६१औँ मिनेटमा धर्वेन्द्र कुँवरले दोस्रो गोल गरे। सुवास बमको क्रस क्लियर गर्न खोज्दा श्रीलंकाली डिफेन्डरको खुट्टामा लागेर बल धर्वेन्द्रको नजिक पुगेको थियो ।

७७औँ मिनेटमा सुवासले आफैँ गोल गरे भने, ९०औँ मिनेटमा विज्ञान खडकाले सुजनको पासमा सहज गोल थपे । इन्जुरी समयमा लछु थापाले करिब ३० यार्ड दूरीबाट फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै नेपालको जितलाई ५–० मा परिणत गरे ।

नेपालले साफ यू–१९ (अघिल्लो संस्करणमा यू–२०) मा श्रीलंकाविरुद्ध अपराजित यात्रा कायम राखेको छ । सन् २०२२ मा नेपालले श्रीलङ्कालाई ३–० र २०२३ मा १–० ले पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्