Logo
Logo

जीवन बीमा कम्पनीहरूको नाफामा वृद्धि


315
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म १४ जीवन बीमा कम्पनीहरूले कुल ४ अर्ब ८८ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.९० प्रतिशतले बढी हो । गत वर्ष यी कम्पनीहरूले ४ अर्ब ३६ करोड ६२ लाख रुपैयाँ नाफा कमाएका थिए ।

कम्पनीहरूले अभिकर्ताहरूलाई सक्रिय बनाउने, व्यवस्थापनमा सुधार गर्ने र प्रभावकारी रणनीति अपनाउँदा वित्तीय प्रगति हासिल भएको वित्तीय विवरणले देखाएको छ । 

नाफामा नेपाल लाइफ अग्रस्थानमा

समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्स ले ६५ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरी शीर्ष स्थानमा रहेको छ । जुन गत वर्षको तुलनामा ५.८६ प्रतिशतले बढी हो । दोस्रो स्थानमा रहेको हिमालयन लाइफ इन्स्योरेन्स को नाफा ८.४९ प्रतिशतले वृद्धि भई ४३ करोड ५४ लाखबाट ४७ करोड २४ लाख रुपैयाँ पुगेको छ ।  रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ले छोटो समयमा उल्लेखनीय प्रगति गर्दै ४६ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ । 

अन्य कम्पनीहरूको नाफा

  • नेशनल लाइफ : ४० करोड ८५ लाख रुपैयाँ  
  • आइएमई लाइफ : ३६ करोड ६३ लाख रुपैयाँ  
  • सिटिजन लाइफ : ३५ करोड ७६ लाख रुपैयाँ  
  • मेट लाइफ : ३४ करोड ५१ लाख रुपैयाँ  
  • सानिमा रिलायन्स : ३३ करोड ७६ लाख रुपैयाँ  
  • एशियन लाइफ : ३३ करोड ४७ लाख रुपैयाँ  
  • सन नेपाल लाइफ : ३२ करोड ८९ लाख रुपैयाँ  
  • सूर्यज्योति लाइफ : २९ करोड ५७ लाख रुपैयाँ  
  • प्रभु महालक्ष्मी लाइफ : २७ करोड ७ लाख रुपैयाँ  
  • एलआइसी नेपाल : २३ करोड ६० लाख रुपैयाँ  
  • राष्ट्रिय जीवन बीमा : १ करोड ५४ लाख रुपैयाँ

नाफा वृद्धिदरमा एशियन लाइफ शीर्ष स्थानमा

नाफा वृद्धिदरको आधारमा एशियन लाइफ इन्स्योरेन्स ५९.५१ प्रतिशत वृद्धिका साथ पहिलो स्थानमा छ । दोस्रो स्थानमा रिलायबल नेपाल लाइफ ३६ प्रतिशत वृद्धि र तेस्रो स्थानमा सूर्यज्योति लाइफ ३१ प्रतिशत वृद्धिका साथ रहेका छन् ।  जीवन बीमा कम्पनीहरूको यो प्रगतिले बजारमा प्रतिस्पर्धा र लगानीको अवसर बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्