Logo
Logo

नेपाल बङ्गलादेशसँग २–१ गोलअन्तरले पराजित 


693
Shares

काठमाडौं । नेपाल बङ्गलादेशसँग पराजित हुँदै यू–१९ साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाट बाहिरिएको छ ।  भारतको अरुणाचलस्थित गोल्डेन जुबिली रंगशालामा शुक्रवार भएको सेमिफाइनलमा बङ्गलादेशसँग २–१ गोलअन्तरले पराजित भएसँगै  नेपाल उपाधि दौडबाट बाहिरिएको हो । 

The current image has no alternative text. The file name is: football-u19-nepal.gif

बङ्गलादेशका लागि असिकुर रहमानले ७४ र नजमुल फ्यासलले ८१ औँ मिनेटमा एक–एक गोल गरेका थिए । नेपालका लागि सुजन डङ्गोलले ८६ मिनेटमा सान्त्वना गोल फर्काए । नेपाललाई हराएर फाइनलमा पुगेको बङ्गलादेशले अब भारत र माल्दिभ्सको विजेतासँग उपाधि भिडन्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्