
काठमाडौं । नेपाल टेलिकमको आम्दाानी र नाफा दुबै घटेको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म कम्पनीले २ अर्ब ८४ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.६७ प्रतिशत कम हो ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ अर्ब ५३ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको आम्दानी ०.६४ प्रतिशत घटेर २५ अर्ब ३१ करोड ७६ लाख रुपैयाँमा सीमित भएको छ ।
त्यस्तै, कम्पनीको वित्तीय आम्दानी समीक्षा अवधिमा ४६.०२ प्रतिशत घटेर २ अर्ब ८० करोड ३५ लाख रुपैयाँ पुगेको छ भने कुल आम्दानी ८.८९ प्रतिशत घटेर २८ अर्ब ४३ करोड १५ लाख रुपैयाँमा सिमित भएको छ ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १९ रुपैयाँ ९६ पैसा घटेर २१ रुपैयाँ ५ पैसामा सीमित भएको छ । चैतको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५०३ रुपैयाँ ९३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४२.७४ गुणा रहेको टेलिकमले जानकारी दिएको छ ।











