
काठमाडौं । पहिलोपटक आइसिसी महिला ट्वान्टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान पक्का गरेको नेपालले आज थाइल्याण्डसँग अन्तिम प्रतिस्पर्धा गर्दैछ ।
आइतबार एसिया छनोट अन्तर्गत सुपर–३ को आफ्नो पहिलो खेलमा नेपालले युएईविरुद्ध पाँच विकेटको जित निकालेको नेपालले आज घरेलु टोली थाइल्याण्डसँग अन्तिम खेल खेल्न लागेको हो ।
खेल थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान पौने ९ बजे सुरु हुनेछ । नेपाल र थाइल्याण्ड एक खेल अगावै ग्लोबल छनोट भइसकेका छन ।














