Logo
Logo

सुनको मूल्य एकैदिन ५ हजार बढ्यो, कतिमा हुँदैछ कारोबार ?


1.1k
Shares

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामै ५ हजार रुपैयाँ बढेको हो ।

१ लाख ८४ हजार ८ सय रुपैयाँमा किनबेच भएको सुन आज एकैदिन ५ हजार बढेर प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ कायम भएको हो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । हिजो १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९ सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्