Logo
Logo

साताको अन्तिम दिन नेप्से १९.१४ अङ्कले बढ्यो


189
Shares

काठमाडौं । साताको अन्तिम दिन बिहीबार  सेयर बजार परिसूचक नेप्से  १९.१४ अङ्कले बढेको छ । बजार आज बढेसँगै  २६८८.९१ अङ्कको विन्दुमा पूगेको छ । आज बजारमा ९ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

The current image has no alternative text. The file name is: Share-Market-UP-1.jpg

अघिल्लो दिन बजारमा १० अर्ब ४५ करोडको सेयर कारोबार भएको थियो । आज १०४ कम्पनीको मूल्य बढेको छ । १४२ कम्पनीको मूल्य घट्दा १ कम्पनीको मूल्य स्थिर रहेको छ । 

आज समग्र बजार भन्दा ठुला कम्पनीको कारोबार सूचक सेन्सेटिभ इन्डेक्स धेरैले बढेको छ । समूहगत सूचकतर्फ बैङ्किङ समूहको ३.९४ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्त समूह २.६१ प्रतिशत तथा म्युचुअल फण्ड ०.१७ प्रतिशत, निर्जीवन बिमा ०.०४ प्रतिशतले बढेको छ । त्यस्तै, होटल तथा टुरिजम समूह सबैभन्दा धेरै २.७८ घटेको छ । 

आज बजारमा मेगा फर्मस्युटिकल्सको मूल्यमा सकारात्मक सर्किट लागेको छ भने वाराही हाइड्रोपावरमा नकारात्मक सर्किट लागेको छ । आज ङादी ग्रुप पावर सबैभन्दा धेरै कारोबार हुँदा कारोबार सङ्ख्या र सेयर सङ्ख्याका आधारमा सबैभन्दा अगाडि छ ।

प्रतिक्रिया दिनुहोस्