ठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ भने चाँदी स्थिर रहेको छ । शुक्रबार प्रतितोला एक हजार १०० रूपैयाँ घटेको सुनको भाउ आइतबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९१ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार चार सय रूपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला दुई हजार पाँच रूपैयाँमा कारोबार भइरहेको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३ सय ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।














