
काठमाडौं । मङ्गलवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.५३ अङ्कले उकालो लागेको छ । आज बजार सामान्य अङ्कले उकालो लागेसँगै २,६७७.३० विन्दुमा बन्द भएको छ । बजार बन्द हुँदा कुल कारोबार रकम ६ अर्ब ५२ करोड ७८ लाख ३९ हजार ५८१ रुपैयाँ ५४ पैसा पुगेको छ ।
मङ्गलवार कुल १ करोड ४२ लाख ९९ हजार ३९४ कित्ता सेयर कारोबार भए । आज बजारमा जम्मा ३१८ कम्पनीको सेयर कारोबार भएको भएको हो ।
कर्पोरेट डेभलपमेन्ट बैङ्क लिमिटेड को सेयर मूल्य १० प्रतिशतले बढेको छ । ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेड १० प्रतिशत, ग्रिन डेभलपमेन्ट बैङ्क लिमिटेड १० प्रतिशत, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले १० प्रतिशते बढेको छ ।
यता, ८५ कम्पनीको सेयर मूल्य बढ्दा १६१ कम्पनीको मूल्य घटेको छ । आज धरै गुमाउनेमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड,उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड,जनउत्थान सामुदायिक लघुवित्त संस्था लिमिटेड र रिभर फल्स पावर लिमिटेड रहेका छन् ।
सर्वाधिक कारोबार हुने कम्पनीमा युनिभर्सल पावर कम्पनी लिमिटेड,राधी विद्युत् कम्पनी लिमिटेड, न्गादी ग्रुप पावर लिमिटेड र सानिमा माई हाइड्रोपावर लिमिटेड रहेका छन् ।














