Logo
Logo

जुडोमा नेपालले जित्यो ५ स्वर्ण


189
Shares

काठमाडौं । बङ्गलादेशमा आयोजित बिकेएसपी कप आमन्त्रण अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिपमा नेपाली खेलाडीले ५ स्वर्ण, १ रजत र ४ कांस्यसहित १० पदक जितेर उपविजेता बनेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अनुसार, बन्दी सहायता नियोग (पाम) का खेलाडीले ४ स्वर्ण र १ कांस्यसहित उत्कृष्ट प्रदर्शन गरेका हुन् । पामबाट सहभागी ५ खेलाडी सबैले पदक जिते ।

पुरुष ६० केजीमुनि सविनकुमार दियाली, ६६ केजीमुनि विशेष विक, महिला ४८ केजीमुनि निशा श्रेष्ठ, ५२ केजीमुनि विनिता नेपाली र ५७ केजीमुनि पेमा याङजी शेर्पाले स्वर्ण जिते । पुरुष ४५ केजीमुनि रिवाज लामा तामाङले रजत हात पारे । पुरुष ५५ केजीमुनि बुद्ध गुरुङ, ७३ केजीमाथि विज्ञान तिखत्री, महिला ४४ केजीमुनि समिता नेपाली र ६३ केजीमुनि रेखा श्रेष्ठले कांस्य जिते ।

नेपालबाट १२ खेलाडी सहभागी थिए, जसमध्ये निशा, विनिता, पेमा, सविन र समिता पामका हुन् । प्रशिक्षक राधादेवी राई र लक्ष्मी तामाङ थिए । राईले निर्णायकको भूमिका पनि निर्वाह गरिन् । बङ्गलादेशको बिकेएसपी टोली ६ स्वर्ण, ८ रजत र १० कांस्यसहित टिम च्याम्पियन बन्यो । 

प्रतिक्रिया दिनुहोस्