Logo
Logo

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?


1k
Shares

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ हजार ५ सय रुपैयाँ घटेको हो ।

यसअघि हिजो (बुधबार) १ लाख ८९ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ८७ हजार ८ सय कायम भएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्