Logo
Logo

अल्लोको झोलामा शीलवन्दी गरिएको बजेट बोकेर निस्किए अर्थमन्त्री 


1.5k
Shares

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्न सिंहदरबारस्थित अर्थ मन्त्रालयबाट संसद् भवनतर्फ प्रस्थान गरेका छन् । आज दिउँसो ३ बजे उनले संसद्मा बजेट भाषण गर्ने कार्यक्रम छ ।

यो वर्षको बजेट अल्लोको झोलामा शीलवन्दी गरिएको छ । नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले अर्थमन्त्री पौडेलले परम्परागत नेपाली अल्लोको झोला प्रयोग गरेका हुन् । गत वर्ष तत्कालीन अर्थमन्त्री वर्षमान पुनले पनि गाँजाको झोला प्रयोग गरेर बजेट प्रस्तुत गरेका थिए ।

विगतमा विदेशी ब्रिफकेसमा बजेट वक्तव्य बोकेर संसद्मा प्रस्तुत गर्ने चलन थियो । तर, पछिल्ला वर्षहरूमा नेपाली गठबन्धन सरकारले स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै यस्ता परम्परालाई निरन्तरता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्