काठमाडौं । सरकारले सिमेन्टमा लाग्ने अन्तःशुल्क बढाएको छ । यसअघि प्रतिटन २२० रुपैयाँ अन्तःशुल्क लाग्दै आएकोमा अब ५ प्रतिशतका दरले अन्तःशुल्क लाग्नेछ ।

एक टन सिमेन्ट बराबर २० बोरा हुन्छ । पहिलेको अन्तःशुल्क दरअनुसार प्रतिबोरा ११ रुपैयाँ अन्तःशुल्क लाग्थ्यो, जुन प्रतिशतमा हिसाब गर्दा २ देखि २.५ प्रतिशत हुन्थ्यो । नयाँ ५ प्रतिशत अन्तःशुल्क दरले प्रतिबोरा २१ देखि २५ रुपैयाँसम्म पर्ने छ । अन्तःशुल्कसँगै मूल्य अभिवृद्धि कर (भ्याट) समेत लाग्ने हुँदा यो परिवर्तनले सिमेन्टको मूल्यमा प्रभाव पार्नेछ ।











