Logo
Logo

विश्व बैङ्कद्वारा नेपालका लागि २५ करोड ७० लाख डलर ऋण स्वीकृत


252
Shares

काठमाडौं । विश्व बैङ्कले नेपालको विद्युत् वितरण प्रणाली र सिँचाइ सुधारका लागि २५ करोड ७० लाख अमेरिकी डलर बराबरको ऋण स्वीकृत गरेको छ । विश्व बैङ्कले जारी गरेको प्रेस विज्ञप्तिअनुसार मे २९ मा बसेको निर्देशक समिति बैठकले यो ऋण सुविधा अनुमोदन गरेको हो ।

The current image has no alternative text. The file name is: world-bank.jpg

यी परियोजनाहरूले नेपालको विद्युत् आपूर्तिलाई विश्वसनीय बनाउने र सिँचाइ सुधारमार्फत कृषि उत्पादकत्व बढाउने लक्ष्य राखेका छन् । विद्युत् आपूर्ति प्रणाली सुधार परियोजनाका लागि १२ करोड अमेरिकी डलर छुट्याइएको छ । यो रकमले कोशी, बागमती, कर्णाली र सुद सुदूरपश्चिम प्रदेशको विद्युत् वितरण प्रणालीलाई मजबुत र विश्वसनीय बनाइने जनाइएको छ ।

नेपाल विद्युत् प्राधिकरणमार्फत सञ्चालन हुने आपूर्ति प्रणाली सुधार परियोजनाले सबस्टेसन निर्माण, वितरण संरचनाको स्तरोन्नति तथा त्यसको निगरानी गर्ने स्वचालित प्रणाली विकास गर्ने उद्देश्य राखिएको छ ।

रानी जमरा कुलरिया सिँचाइ आयोजनाको तेस्रो चरण (फेज–३) का लागि १३ करोड ७० लाख अमेरिकी डलर बराबर ऋण स्वीकृत भएको छ । सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा वर्षैभरि सिँचाइ सुविधा उपलब्ध गराई कृषि उपजको उत्पादन वृद्धि गर्ने लक्ष्य यो परियोजनाले राखेको छ । यो परियोजनाबाट थप १७ हजार ५०० हेक्टर जमिनमा वर्षभर सिँचाइ सुविधा पु¥याइने र यसबाट करिब एक लाख ६० हजार मानिस लाभान्वित हुने ठानिएको छ।

प्रतिक्रिया दिनुहोस्