
काठमाडौं । नेकपा माओवादी केनद्रसहित विपक्षी दलहरूको बैठक बस्दै छ । प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न आज बिहान माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत विपक्षी दलको बैठक बस्न लागेको हो ।
प्रतिनिधिसभा बैठक बिहान ११ः १५ बजे बस्दैछ । त्यसअघि बस्ने बैठकले कसरी सदनमा प्रभावकारी रूपमा प्रस्तुत हुने भन्ने रणनीति बनाउने माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम जोडिएपछि विपक्षी दलहरुले सदन अवरुद्ध गर्दै आएका छन् । गृहमन्त्री लेखकले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने, उच्चस्तरीय छानविन आयोग गठन गर्नुपर्ने विपक्षी दलहरुको माग छ । लेखकको नाम भिजिट भिसा प्रकरणमा जोडिएपछि उनको चौतर्फी आलोचना भइरहेको छ ।














