Logo
Logo

आर्थिक क्षेत्र भैरहवामा भाटभटेनी समूहको प्रवेश, अत्याधुनिक गार्मेन्टको शिलान्यास


945
Shares

काठमाडौं । भाटभटेनी समूहले भैरहवामा अत्याधुनिक गार्मेन्ट उद्योग सञ्चालनमा ल्याउने भएको छ ।

भाटभटेनी, व्यवसायी उमेश श्रेष्ठसहितको टिमले विशेष आर्थिक क्षेत्र भैरहवामा अत्याधुनिक गार्मेन्ट उद्योग स्थापनाका लागि बुधबार शिलान्यास भएको छ । समूहका अध्यक्ष मीनबहादुर गुखङले भूमि पूजासहित बुधबार उद्योगको शिलान्यास गरेका हुन् ।

‘यस नयाँ परियोजनाले भाटभटेनीको व्यापारिक विविधिकरणमा एक महत्वपूर्ण कदम चालेको छ भने नेपालको औद्योगिक वातावरण सुधारोन्मुख रहेको सकारात्मक सन्देश प्रवाह गरेको छ’ भाटभटेनीका सीओओ पानु पौडेलले भनिन् ।

यस उद्योगले करिब एक हजार दुई सय रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ । जसले मुख्यता स्थानीय जनशक्ति तथा त्यस क्षेत्रको आर्थिक विकासमा योगदान पु¥याउने विश्वास गरिएको छ ।

अन्तर्राष्ट्रिय मापदण्डमा तयार गरिने यस उद्योगमा आधुनिक मेसिनरी, स्वास्थ्य सुरक्षा र स्वच्छ वातावरणीय प्रणालीको प्रबन्धका साथै एक मेगावाटभन्दा बढीको सौर्य ऊर्जा प्रणाली र ब्याट्री ऊर्जा भण्डारण रहने गरी निर्माण गरिने भएको छ ।

अन्तर्राष्ट्रिय मापदण्डअनुखप बन्ने कारखानाले विशेषतः भाटभटेनीका स्टोरहखमार्फत् स्थानीय बजार तथा अन्तर्राष्ट्रिय बजारको लागि तयारी पोशाकको उत्पादन गर्ने लक्ष्य लिएको पौडेलले जानकारी गराए ।

‘यस परियोजनाले भाटभटेनीको स्थानीय उत्पादन, बजारीकरण र रोजगारीलाई बढाउने रणनीतिक योजनालाई विस्तार गर्नमात्र होइन, नेपालका औद्योगिक नीतिहख र वातावरण सुधार हुँदै गएको सकारात्मक सन्देश दिने एउटा माध्यम बन्नेछ भन्ने विश्वास पनि लिएको छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्