Logo
Logo

प्रधानमन्त्रीलाई समेत भेटेका प्रदेश गृहमन्त्रीलाई कोरोना संक्रमण


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ साउन ।
प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादबलाई कोरोना संक्रमण भएको छ । गत साता उनले प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा लगायतलाई भेटेका थिए ।


प्रहरी समायोजनसम्बन्धि बैठकमा सहभागी हुन काठमाडौं आउँदा उनले प्रधानमन्त्रीलाई बालुवाटारमा भेटेका हुन् । भेटमा सातै प्रदेशका आन्तरिक मामिलामन्त्री र गृहका उच्च अधिकारीहरु थिए । जसकारण गृहमा समेत त्रास बढेको छ । गृहसचिव महेश्वर न्यौपाने समेत आइसोलेसनमा रहेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्