Logo
Logo

नेदरल्याण्डलाई हराएपछि क्रिकेट टोलीलाई प्रधानमन्त्रीले दिए बधाई


756
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेदरल्याण्डलाई हराएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

आईसीसी विश्वकप लिग–२ को एकदिवसीय शृङ्खलामा गएराति स्कटल्याण्डमा भएको खेलमा नेदरल्याण्डलाई ५ विकेटले हराउँदै लगातार तेस्रो जित हासिल गरेपछि ओलीले नेपाली टोलीलाई सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।

प्रधानमन्त्री ओलीले खेलाडीहरुको फोटो राख्दै लेखेका छन्, ‘फेरि जित, फेरि बधाई ।’

नेदरल्याण्ड्सले दिएको २२६ रनको लक्ष्य पछ्याएको नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो । नेपालको जितमा आरिफ शेखले ७८ रन योगदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्