Logo
Logo

सर्पको टोकाइबाट वन कर्मचारीको मृत्यु


1.2k
Shares

काठमाडौं । सर्पको टोकाइबाट महोत्तरी डिभिजन वन कार्यालय लक्ष्मिनियामा कार्यरत एक जना कर्मचारीको मृत्यु भएको छ ।

डिभिजन वन कार्यालयको क्वाटरमा सुतिरहेका महोत्तरी गौशाला नगरपालिका–१० लक्ष्मिनिया (बटौवा) टोलका १७ वर्षीय रुपेश महतोको गएराति सर्पको टोकाइबाट मृत्यु भएको हो ।

सर्पले टोकेपछि उपचारका लागि जनसेवा अस्पताल बर्दिबास पु¥याइएका उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । मृतकका परिवारले वन कार्यालयकै गम्भीर लापरबाहीले रुपेशको ज्यान गएको आरोप लगाएका छन् ।

सुत्ने कोठा असुरक्षित भएको, कोठाभित्र सरसफाइको व्यवस्था नभएको, झ्याल ढोका खुलेको, घाँसपात र झाडी आसपास रहेको परिवारको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्