Logo
Logo

एनआईसी एशियाको लोन बेनिफिट क्यालकुलेटर सार्वजनिक


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । एनआईसी एशिया बैंकले सर्वाधिक न्यून ब्याजदर तथा प्रशासनिक शुल्कमा सुपर चमत्कारिक कर्जा योजनाहरू (सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा) ग्राहक महानुभावहरूमाझ ल्याएको सर्वविदितै छ । वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कका साथै अन्य अतुलनीय र असीमित सुविधाले भरिपूर्ण रहेका उक्त कर्जाहरूमा ग्राहक महानुभावहरूको उत्साहपूर्ण सहभागिता भइरहेको छ ।

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ लाखौं ग्राहक महानुभावहरूमाझ गतिशिल बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले समयअनुरुप परिस्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै देशको बैंकिङ इतिहासमै पहिलो पटक सुपर चमत्कारिक कर्जाबाट कर्जाको ब्याज तथा किस्ता रकममा प्राप्त गर्न सकिने मासिक तथा वार्षिक फाइदाहरूको विस्तृत विवरण बैंकको वेबसाइटमा रहेको लोन बेनिफिट क्यालकुलेटरबाट हेर्न सकिने व्यवस्था गरेको छ । सेवाग्राहीहरूले यस बैंकको वेबसाइट गएर लोन बेनिफिट क्यालकुलेटरमा गई वर्तमान अवस्थामा आफुले उपभोग गदै आउनुभएको कर्जाको तुलना यस बैंकले ल्याएको सुपर चमत्कारिक कर्जाहरूसँग सजिलै गर्न सक्नुहुनेछ । सो लोन बेनिफिट क्यालकुलेटरमा चाहिने विवरणहरू जस्तै अहिले उपभोग गरिरहेको कर्जाको रकम, ब्याजदर, अवधि आदि भरेपश्चात् सेवाग्राहीहरूले आफ्नो मासिक ब्याजदरमा बचत, किस्ता रकम तथा कुल रकममा बचत हुने रकमको विवरणका साथै त्यसको वार्षिक हिसाब समेत सरल तरिकाले थाहा पाउन सक्नुहुनेछ र आफ्नो वित्तीय भार कम गर्नका लागि यस बैंकको सुपर चमत्कारिक कर्जा सम्बन्धी उचित निर्णय लिन सक्नेछन् ।

सहज तथा सरल बैंकिङको अभ्यासमा जोड दिँदै आएको यस बैंकको वेबसाइटमार्फत सेवाग्राहीहरू आफुले प्राप्त गर्न सक्ने कर्जा योग्यता जाँच्न तथा योग्य ठहरिए बमोजिम यस बैंकको वेबसाइटबाटै कर्जाको आवेदन दिन सक्ने सुविधाको व्यवस्था समेत बैंकले गरेको छ । यसमा ग्राहक महानुभावहरूले जुनसुकै स्थानबाट जुनसुकै समयमा पनि अनलाईनमार्फत कर्जा आवेदन दिन सक्ने सुविधा रहेको छ । सेवाग्राहीहरूले आवेदन दिएको ४८ घण्टाभित्र कर्जाको निर्णय दिने व्यवस्था बैंकले गरेको छ । साथै, आवेदकको कर्जा स्वीकृतीको अवस्था बारेमा यस बैंकले एसएमएसमार्फत जानकारी गराउनेछ र ग्राहक महानुभावहरूले यस बैंकको वेबसाइटमा गई लोन स्टाटससमेत आफै ट्रयाक गर्न सक्नेछन् ।

बैंकले उक्त तीन किसिमकै कर्जा प्रवाह भएको एक वर्षसम्म ब्याजदर परिवर्तन नहुने र सुपर चमत्कारिक घर तथा सवारी कर्जाको पूर्वस्वीकृतिको सुविधा समेत ग्राहक महानुभावहरूमाझ ल्याएको छ । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आम ग्राहक महानुभावहरूको आवश्यकतालाई पहिचान गरी यस बैंकले सुपर चमत्कारिक घर कर्जा अन्तर्गत फ्लेक्जिबल इएमआईमार्फत ग्र्राहकले आफ्नो आर्थिक क्षमताअनुसारको आफुले तिर्नसक्ने इएमआई वार्षिकरुपमा आफैले निधारण गरेर भुक्तानी गर्न सक्ने नवीनतम सुविधा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्