
काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन एकैदिन तोलामै तीन हजार रुपैयाँ घटेको हो ।
सुन आज प्रतितोला एक लाख ९० हजार ७ सय रुपैयाँ कायम भएको छ । त्यस्तै आज चाँदी पनि तोलामा ५ रुपैयाँ घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य दुई हजार १४५ निर्धारण भएको छ ।














