Logo
Logo

प्रधानमन्त्री ओलीको कोरोना परीक्षण


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, २३ साउन ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना भाइरसको परीक्षणका लागि शुक्रबार स्वाब संकलन गरिएको छ। प्रधानमन्त्रीलाई भेटेका केही व्यक्तिो पोजेटिभी रिपोर्ट आएपछि उनको पनि परीक्षण गरिएको हो ।
प्रधानमन्त्रीसँग नियमित सम्पर्क हुनेहरुको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

Consultation meeting, PM KP Sharma Oli

कोरोना भाइरसको संक्रमण पुष्टि भएका प्रदेश–२ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवको कन्ट्याक्ट ट्रेसिङमा परेका प्रधानमन्त्री ओलीको स्वाब संकलन गरिएको हो।

मन्त्री यादव केही दिनअघि प्रहरी समायोजन सम्बन्धी बालुवाटारमा भएको बैठकमा सहभागी थिए। उनी प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, सातैवटा प्रदेशका आन्तरिक मामिला मन्त्री, गृहसचिव लगायतसँगको बैठकमा सहभागी भएर फर्किएका थिए। संक्रमण बढ्दै गएपछि बालुवाटारमा कार्यरत सबैको परीक्षण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्