Logo
Logo

बंलादेशका ११ राष्ट्रिय फुटबल खेलाडी संक्रमित


- दृष्टि न्युज/संवाददाता


ढाका, २३ साउन .एजेन्सी) । बंगलादेशका ११ जना राष्ट्रिय फुटबल खेलाडीलाई कोरोनाभाइरसको संक्रमण भएको पुष्टि गरिएको छ । सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि छनौट हुन खेलाइने खेलमा सहभागी हुनुपूर्व परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
‘परीक्षण गर्नुपूर्व ती कुनै पनि खेलाडीमा कोरोनाभाइरसको लक्षण देखिएको थिएन, तर परीक्षणबाट उनीहरुमा संक्रमण भएको पुष्टि भएको हो’, बंगलादेश फुटबल महासंघका महासचिव अबु नयीम शोहङले शुक्रबार भने ।
बंगलादेशमा अहिलेसम्म दुई लाख ५० हजारभन्दा बढीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । ती मध्ये तीन हजार तीनसयभन्दा बढीको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्