Logo
Logo

इरानमाथि इजरायलको आक्रमणपछि तेलको मूल्य बढ्यो


2.8k
Shares

काठमाडौं । इजरायलले इरानमाथि आक्रमणको घोषणा गरेपछि तेलको मूल्य बढेको छ । बीबीसीका अनुसार इजरायलले इरानमाथि आक्रमण गरेको समाचारपछि बेन्चमार्क अनुबन्ध, ब्रेन्ट क्रूड र निमेक्स लाइट स्वीटमा १० प्रतिशतभन्दा बढीले मूल्य बढेको छ।

इरान र इजरायलबीचको द्वन्द्वले इरानबाट हुने तेल आपूर्तिमा बाधा पु¥याउन सक्ने व्यापारीलाई चिन्ता छ । कच्चा तेलको मूल्यमा भएको वृद्धिले खाद्यान्नको मूल्यदेखि कारको इन्धनको लागतसम्म सबैलाई असर गर्नेछ ।

विश्लेषकले बीबीसीलाई बताएअनुसार व्यापारीले आगामी दिनमा इरानले बदला लिन्छ कि लिँदैन भन्ने कुरामा नजर राखिरहेका छन् ।

इजरायलले शुक्रबार इरानका विभिन्न सहर र सैन्य अण्डाहरुमा आक्रमण गरेको छ । सो आक्रमणमा इरानका सेना प्रमुखको समेत मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्