Logo
Logo

भारतमा यसरी भयावह भन्दै कोरोना, दैनिक ५० हजारभन्दा बढी नयाँ संक्रमित थपिँदै


(एजेन्सी)


नयाँदिल्ली, २५ साउन (एजेन्सी) । भारतमा कोरोनाभाइरसको संक्रमण भयावह बन्दै गएको छ । यहाँ दैनिक ५० हजार भन्दा बढी नयाँ संक्रमित थपिरहेका छन् । केही दिनयता २४ घण्टाको रेस्यु ५० हजारभन्दा बढी छ ।
यस्तै, आइतबार संक्रमित व्यक्तिको संख्या ६४ हजार ३९९ जना थपिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा कोरोनाभाइरस संक्रमित व्यक्तिमध्ये ८६१ जनाको मृत्यु भएको छ । भारतमा योसहित मृत्यु भएका व्यक्तिको कूल संख्या ४३ हजार ३७९ पुगेको छ भने कूल संक्रमितको संख्या २१ लाख ५३ हजार नाघेको छ ।
स्वास्थ्य अधिकारीहरुले कूल संक्रमितमध्ये १४ लाख ८० हजार ८८५ जना निको भएर डिस्चार्ज भएका छन् । अहिले पनि ६ लाख २८ हजार ७४७ जना विभिन्न स्वास्थ्य केन्द्रमा उपचार गराइरहेका छन् । भारतीय चिकित्सा अनुसन्धान परिषदले अगष्ट ८ का दिन ७ लाख १९ हजार ३६४ जनाको परीक्षण गरिएको जनाउँदै कोरोना संक्रमण देखिन थालेयता हालसम्म कूल २ करोड ४१ नमुना परीक्षण गरिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्