
काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा चार सय रुपैयाँले बढेको हो ।
यसअघि शुक्रबार १ लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज बढेर तोलामा १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको हो ।
यसैबिच चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार तोलामा २ हजार १६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पनि स्थिर रहेको हो ।











