Logo
Logo

झिनो अङ्कले बढ्यो नेप्से


252
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक झिनो अङ्क बढेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्से, आइतबार बढेर बन्द भएको हो ।

The current image has no alternative text. The file name is: nepse-share-market.jpg

आइतबार नेप्से परिसूचक ०.४७ अङ्क बढेर २६५५.८५ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स ०.६७ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स ०.१३ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३० अङ्क घटेको छ।

नेप्से सामान्य अङ्क बढेपनि कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार साढे १२ अर्बको सेयर खरिदबिक्री भएको बजारमा  ३०८ स्टकको ९५ हजार ३७४ पटकको कारोबारमा ११ अर्ब ४४ करोड ३२ लाख ७२ हजार रुपैयाँबराबरको २ करोड ५३ लाख ९३ हजार कित्ता सेयरखरिदबिक्री भएको छ ।

तीन स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ग्रीन डेभलपमेन्ट बैङ्क, पियोर इनर्जी र छ्याङ्दी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, बरुण हाइड्रोपावरको सेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने युनियन हाइड्रोपावरको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको नेपाल हाइड्रो डेभलोपर्सको सेयरमूल्य करिब साढे ४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सानिमा माइ हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ८९ करोड १ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ। त्यसैगरी, ङादी ग्रुप पावरको ८७ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने बुटवल पावर कम्पनीको कारोबार रकम साढे ६४ करोड नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । सेयर उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.४७ प्रतिशत बढेको छ । त्यस्ते,  व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।  बैंकिङ्ग, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य घटेको हो।

प्रतिक्रिया दिनुहोस्