Logo
Logo

अवस्था भयावय, एकैदिन ६३८ जना संक्रमित थपिए


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ साउन ।
नेपालमा कोरोना संक्रमितको अवस्था भयावय हुँदै गएको छ । पछिल्लो २४ घन्टामा एकैदिन ६ सय ३८ जना संक्रमित थपिएका छन् । यो सबै आन्तरिक संक्रमण हो ।


यसअघि भारतबाट आउनेमा परीक्षण गर्दा एक दिनमा सात सय जनासम्ममा देखिएको थियो । अहिले स्वदेशमै तिव्र गतिमा संक्रमण बढेको छ ।
पछिल्लो समय संक्रमित बढेपछि अस्पतालमा बेडहरु पाउनै समस्या हुन थालेको छ । एकैपटक धेरै जना गम्भीर बिरामी भएमा आईसियु र भेन्टिलेटरको समेत समस्या हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्