
एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राष्पट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन् । विश्वका कुनै पनि देशले गर्न नसकेको काम अमेरिकाले गरेको भन्दै उनले जनताका तर्फबाट ट्रम्पलाई बधाई दिएका हुन् ।
गएराति अमेरिकाले इरानको तीन आणविक केन्द्रमा आक्रमण गरेको थियो । नेतान्याहूले भिडियो वक्तव्यमार्फत ट्रम्पको उक्त निर्णयले ‘इतिहास बदल्ने दाबी गरेका छन्।
‘राष्ट्रपति ट्रम्पलाई बधाई छ, संयुक्त राज्य अमेरिकाको अद्भुत र धार्मिक शक्तिले इरानको आणविक सुविधाहरूलाई लक्षित गर्ने तपाईंको साहसिक निर्णयले इतिहास बदल्नेछ,’ उनले भनेका छन्।
‘राष्ट्रपति ट्रम्प र म प्रायः भन्छौं– शक्ति मार्फत शान्ति ! पहिले शक्ति आउँछ, त्यसपछि शान्ति आउँछ । र आजराति राष्ट्रपति ट्रम्प र संयुक्त राज्य अमेरिकाले धेरै शक्तिका साथ काम गरे,’ नेतान्याहूले भनेका छन् ।
उनले भनेका छन्– अपरेशन राइजिङ लायनमा इजरायलले साँच्चै अद्भुत कामहरू गरेको छ । तर आजराति इरानको आणविक सुविधाहरूविरुद्धको कारबाहीमा अमेरिका साँच्चै अतुलनीय भएको छ ।
अमेरिकाले विश्वका कुनै पनि देशले गर्न नसकेको काम गरेको छ। इतिहासले रेकर्ड गर्नेछ कि राष्ट्रपति ट्रम्पले संसारको सबैभन्दा खतरनाक शासन, संसारको सबैभन्दा खतरनाक हतियारलाई अस्वीकार गर्न कार्य गरे।
आज उनको नेतृत्वले इतिहासको एउटा यस्तो मोड सिर्जना गरेको छ, जसले मध्य पूर्व र त्यसभन्दा बाहिरको क्षेत्रलाई समृद्धि र शान्तिको भविष्यतर्फ डोरÞ्याउन मद्दत गर्न सक्छ ।










