Logo
Logo

पाकिस्तानले नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको नाम सिफारिस गर्ने


441
Shares

एजेन्सी । पाकिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका निम्ति मनोनयन गर्ने घोषणा गरेको छ ।

गएको महिना भारत र पाकिस्तानबीच युद्धविराम वार्तामा खेलेको भूमिकाको कदर गर्दै पाकिस्तानी सरकारले यो पुरस्कारका लागि ट्रम्पको नाम सिफारिस गर्ने घोषणा गरेको हो ।

बीबीसीका अनुसार भारतले उक्त युद्ध अन्त्य गर्न अमेरिकाले मध्यस्थकर्ताका रूपमा काम गरेको अस्वीकार गरेको छ । र, तेस्रो पक्षबाट कुनै कूटनीतिक हस्तक्षेप नचाहेको जनाएको छ । ट्रम्पले आफूले नोबेल शान्ति पुरस्कार प्राप्त गर्नुपर्ने बताउँदै आएका छन् ।

त्यसको विजेता आउँदो अक्टोबरमा घोषणा गरिनेछ । गत मे महिनामा ट्रम्पले भारत–पाकिस्तानबीच युद्धविरामको आश्चर्यजनक घोषणा गरेका थिए । आणविक हतियार सम्पन्न दुई छिमेकी मुलुकबीच चार दिनको युद्धपछि यस्तो घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्