Logo
Logo

आजपनि रास्वपा र राप्रपाको संसद् अवरोध कायमै


378
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आजपनि प्रतिनिधिसभाको बैठकमा अवरोध कायमै राखेको छ । संसद सुरु भएलगत्तै सभामुखले रास्वपाका असिम साह र राप्रपाका धवलशमशेर राणालाई बोल्न दिएका थिए ।

रास्वपा सांसद साहले आफूहरूको एक्लोपनलाई कमजोरी नठान्न चेतावनी दिँदै गृहमन्त्री रमेश लेखकको राजीनामा अडान दोहो¥याए । त्यस्तै राप्रपाका शांसद राणाले चैत १५ को आन्दोलनमा मञ्चमा अश्रुग्यास हानेर राज्यले हिंसा मच्चाएको आरोप लगाउँदै संसद् अवरोध कायमै हुने बताए ।

रास्वपाको नाराबाजी र राप्रपाको वहिष्कारका बाबजुद पनि सभामुख देवराज घिमिरेले सदनमा बजेटमाथिको मन्त्रालयगत छलफल अघि बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस्