Logo
Logo

सुनको मूल्यमा ऐतिहासिक गिरावट, एकैदिन ६ हजार २०० ह्रास


- दृष्टि न्युज/संवाददाता


 

Gold bars

काठमाडौं, २८ साउन । नेपाली बजारमा बुधबार सुनको मूल्यमा ऐतिहासिक गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ हजार २०० रुपैयाँले घटेको छ । एकैदिन यति धेरै गिरावट आएको यो पहिलोपटक हो ।
महासंघले बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार ४०० तोकेको छ । यसअघि एक तोलाको एक लाख १ हजार ६ सय रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ९०० तोकेको छ । यस्तै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य पनि प्रतितोला रु २२५ ले घटेको छ । बुधबारका लागि चाँदीको मूल्य प्रतितोला रु एक हजार २१० निर्धारण गरिएको छ ।
मंगलबार छापावाला सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार पुगेको थियो । मंगलबार पनि सुनको मूल्य प्रतितोला रु ८०० ले घटेको थियो ।
अन्तरराष्ट्रिय बजारमा पनि पहेँलो धातुको मूल्यमा गिरावट आएको छ । प्रतिऔँस दुई हजार डलर नाघेको सुनको मूल्य बुधबार विश्वबजारमा प्रतिऔँस एक हजार ८९०.५५ डलरमा झरेको छ । महासंघका अध्यक्ष मोहनकुमार सुनारले अन्तरराष्ट्रिय बजारमै मूल्य घटेकाले नेपालमा पनि सुनको मूल्य ओरालो लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्