Logo
Logo

सुनको मूल्य स्थिर हुँदा चाँदी बढ्यो


378
Shares

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन आइतबारकै मूल्यमा कारोबार भएको हो ।

हिजो आइतबार १ लाख ९५ हजार २०० रुपैयाँमा किनबेच भएको थियो । आज चाँदीको मूल्य भने आइतबारको तुलनामा रु १० बढेको छ । आइतबार २ हजार १६० मा कारोबार भएको चाँदी आज बढेर प्रतितोला २ हजार १७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्