Logo
Logo

थामीयो सेयर बजारको ओरालो यात्रा 


315
Shares

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अङ्क बढेर बन्द भएको छ । पछिल्ला ४ कारोबार दिनदेखि घटिरहेको नेप्से, सोमबार भने सामान्य अङ्क बढेर बन्द भएको हो ।

सोमबार नेप्से परिसूचक ४.७८ अङ्क बढेर २६००.७६ विन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ०.९७ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ०.१५ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अङ्क बढेको छ ।

नेप्से बढे पनि कारोबार रकम भने ओरालो लागेको छ । अघिल्लो कारोबार दिन अर्थात् आइतबार ९ अर्ब १४ करोडको सेयर खरिदबिक्री भएको बजारमा सोमबार ३२५ स्टकको ७० हजार ८३१ पटकको कारोबारमा ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार रुपैयाँ बराबरको १ करोड ७५ लाख ८७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।सो कम्पनीको सेयरमूल्य ३४ रुपैयाँ ८० पैसा बढेर ३८३ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, पञ्चकन्या माइ हाइड्रोपावरको सेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ । कारोबारमा आएको गुराँस लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा राधी विद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५२ करोड १८ लाख ५९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, बुटवल पावर कम्पनीको ४२ करोडभन्दा बढीको सेयर किनबेच भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम साढे ३३ करोड नाघेको छ ।

१३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.२० प्रतिशत बढेको छ । विकास बैङ्क, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य घटेको छ । 

प्रतिक्रिया दिनुहोस्