Logo
Logo

सिन्धुपाल्चोकमा पहिरोको कहर : ३७ घर बगायो, ३८ जना बेपता (अपडेट)


- दृष्टि न्युज/संवाददाता


सिन्धुपाल्चोक, ३० साउन । आज बिहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरामा ३७ घर पुरिएका छन् । पहिरोमा परी ३८ जना वेपत्ता भएको बताइएको छ ।
घटनास्थलमा रहेका समामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनाुसार घटनामा परी घाइते भएका १० जनालाई उपचारका लागि सदरमुकाम चौतारा र काठमाडौं पठाइएको छ । अहिले घटनास्थलमा नेपाली सेनाको टोली पुगेको छ । सभामुख अग्नि प्रसाद सापकोटासहितको टोली पनि घटनास्थल पुगेको छ ।
जिल्ला समन्वय समितिका संयोजक कृष्ण गोपाल तामाङ, गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठ, नेकपा केन्द्रीय सदस्य माधव सापकोटा लगायतको टोली पनि घटनास्थलमा पुगेको प्रेस सल्लाहकार न्यौपानेले जानकरी दिएका छन् ।
घटनास्थल अति दुर्गममा भएको र सडक मार्ग समेत नभएकाले प्रहरीको टोली अहिलेसम्म पुग्न सकेको छैन् । घटनास्थलबाट सबैभन्दा नजकि रहेको कात्तिके प्रहरी चौकीबाट पैदल हिड्दा करिब ५ घण्टान्दा बढी समय लाग्ने बताइन्छ । सेना र सभामुखको टोली हेलिकप्टरमार्फत घटनास्थल पुगेको थियो । अहिले पनि पहिरो खसिरहेकाले उद्धारमा कठिनाइ भएको न्यौपानेले बताए।

प्रतिक्रिया दिनुहोस्