Logo
Logo

पुँजीपतिहरूले कांग्रेस-एमाले नै किनेँर सरकार बनाए : प्रचण्ड


567
Shares

भक्तपुर ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले दलाल पुँजीपतिहरूले नेपाली कांग्रेस र नेकपा (एमाले) लाई ‘खरिद’ गरेर आफ्नो नेतृत्वको सरकार ढालेको र नयाँ सत्ता समीकरण बनाएको गम्भीर आरोप लगाएका छन् । 

The current image has no alternative text. The file name is: prachand-3.gif

शनिवार भक्तपुरमा आयोजित नेपाल उद्योग व्यापार महासङ्घको सचिवालय बैठक तथा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

अध्यक्ष दाहालले आफ्नो सरकारले राष्ट्रिय पुँजीलाई प्रोत्साहन र दलाल पुँजीलाई नियन्त्रण गर्ने नीति अवलम्बन गरेको बताए। ‘हाम्रो नीति दलाल पुँजीपतिलाई नियन्त्रण गरी राष्ट्रिय पुँजीलाई बलियो बनाउने थियो,’ उनले भने, ‘तर, दलाल पुँजीपतिहरूले यो कुरा छिटो बुझे र आफ्नो स्वार्थमा खतरा देखे। त्यसैले उनीहरूले कांग्रेस र एमालेलाई प्रभावमा पारेर नयाँ सत्ता समीकरण बनाए ।’

उनले यो कुरा आफूले पहिलेदेखि नै भन्दै आएको दोहोर्‍याए। साथै, आफ्नो नेतृत्वको सरकारले आर्थिक रूपान्तरणका लागि उल्लेखनीय काम गरेको दाबी गरे। हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग र उत्तर–दक्षिण करिडोरजस्ता ठुला पूर्वाधार परियोजनाले जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याएको उनको भनाइ थियो ।

‘हामीले आठवटा उत्तरी नाका खोल्ने निर्णय गर्‍यौँ, जसले एकतर्फी व्यापारिक निर्भरता घटाउन मद्दत गरेको छ,’ उनले भने। विद्युत् लोडसेडिङको अन्त्य, किसानको ऋण मिनाहजस्ता जनहितकारी कामहरू आफ्नो सरकारको पालामा भएको स्मरण गर्दै दाहालले आगामी दिनमा पनि यस्ता नीतिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । ‘हामीले जनताको हितमा काम गर्न कहिल्यै छोड्ने छैनौँ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्