Logo
Logo

पर्वतमा जीप दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते


315
Shares

पर्वत । पर्वतको फलेवास नगरपालिका–८ नेपानेमा जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गएराति लमाएखोलाबाट फलामखानीतर्फ जाँदै गरेको ग१ज ६९७ नम्बरको जीप पल्टिँदा फलेवास–८ ठानामौलाका ३९ वर्षीय डोलबहादुर क्षेत्रीको मृत्यु भएको हो ।
जीप सडकबाट झण्डै एक सय ५० मिटर तल खस्दा गम्भीर घाइते भएका क्षेत्रीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिए ।

दुर्घटनामा फलेवास –७ का ३४ वर्षीय विक्रम सुनार, वडा नं ८ ठानामौलाका ३३ वर्षीय सुरज सुनार घाइते भएका छन् । घाइते दुवै जनाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ । उनीहरूको अवस्था खतरामुक्त रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको इन्स्पेक्टर सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्