Logo
Logo

ब्राउन सुगरसहित एक जना पक्राउ


441
Shares

काठमाडौं । सशस्त्र प्रहरीले सुनसरीको कोशी गाउँपालिका–१ लौकहीबाट ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

भारत घर भएका ३५ वर्षिय गणेश शर्मालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लौकहीले शनिबार सो ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।

बीआर ५० एए ८३६७ नम्बरको मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका उनलाई गस्तीमा रहेको सुरक्षा फौजले शंका लागि जाँच गर्दा उनको साथमा प्लाष्टिकले बेरेर राखिएको ६.६ ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ फेला परेको थियो ।

नियन्त्रणमा लिएका शर्मालाई बरामद लागूऔषतसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्