Logo
Logo

नेपालले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य


945
Shares

काठमाडौं । एसीसी यू–१६ पुरुष इस्ट जोन कपमा नेपाललो इन्डोनेसियालाई ४ सय २१ रनको कीर्तिमानी लक्ष्य दिएको छ ।

मलेसियाको क्वालालाम्पुरस्थित सालाङगोर टर्फ क्लबमा इन्डोनेसियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ४ सय २० रन बनाएको हो ।

पहिलो विकेटका लागि ओपनर प्रसिद्ध जैसी र परिमर्जन यादवले ६२ बलमा १ सय ३० रनको साझेदारी गर्दै नेपालको उत्कृष्ट सुरुवात गराएका थिए । प्रसिद्ध जैसीले १ सय ३२ रनको सर्वाधिक योगदान दिए । उनले १ सय १४ बलमा १५ चौका र १ छक्का प्रहार गर्दा क्याच आउट भए ।

२८ बलमा ४ चौका र ८ छक्का सहयोगमा ७१ रन बनाएका परिमर्जन यादव दसौँ ओभरको अन्तिम बलमा क्याच आउट भए ।
तेस्रो विकेटका लागि प्रसिद्ध र रौनक श्रीवास्तवले १ सय ३६ बलमा १ सय ४८ रनको साझेदारी गर्दै नेपाललाई कीर्तिमानी योगफलतर्फ डो¥याएका थिए ।

रौनक श्रीवास्तव ८८ रन बनाउँदा क्याच आउट नै भए । जय थापा ५७ रन थप्दै आउट भए भने शिवांश बजगाईं ४ रनमा पेभेलियन फर्के । सुगम बुढाथोकी ३९ र रोशन शाही १० रनमा अविजित रहे । इन्डोनेसियाले अब जवाफी ब्याटिङ गर्नेछ । जितका लागि उसले ४ सय २१ रन बनाउनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्